आर्थिक संकट र कोभिडका कारण बालबालिका आधारभूत अधिकारबाट बन्चित

काठमाडौं । लेबनानमा पछिल्लो समयमा देखा परिरहेको आर्थिक संकट र कोभिड १९ को महामारीका कारण यहाँका बालबालिकाको अधिकार खुम्चिदै गएको पाइएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार आर्थिक संकटका कारण यहाँका बालबालिकाले पाउने शिक्षा स्वास्थ्यलगायतका कैयौँ आधारभूत अधिकारहरुमा पनि कटौती भइरहेको छ । संयुक्त राष्ट्रसंघीय बालकोषले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको पाइएको छ ।

बाल सिर्जना, खेल्ने अधिकार, शिक्षा तथा अन्य आधारभूत स्वास्थ्यको अधिकारबाट पनि यहाँका बालबालिका दिन प्रतिदिन बञ्चित हुदै गएका सो एजेन्सीले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खासगरी लेबनान पछिल्ला दिनहरुमा आर्थिक संकटका कारण चर्को मूल्य बृद्धि भएको र बेरोजगारी दर पनि दिनहुँ बढ्दै गएको छ । यसका कारण यहाँका मानिसहरु गरिबीको चपेटामा पर्दै गएका छन् । बाबुआमामा गरिबी तथा महंगीको समस्या आएपछि उनीहरुका छोराछोरीका आधारभूत बालअधिकारका सुविधाहरुमा पनि कटौती हुन पुगेको बताइएको छ ।

विश्वमा कोभिड १९ को सङ्क्रमणले समस्या पारिरहेको छ । त्यस्तै पछिल्ला केही महिनायता आर्थिक संकट र महंगीको समस्या पनि उत्पन्न भएको छ । यसले गर्दा विश्वका अरु देशको जस्तै लेबनानमा पनि आर्थिक अभाव देखिएको छ ।

कोभिडका कारण अर्थतन्त्र पनि संकटमा पर्न लागेको बताइएको छ । सो अध्ययनले लेबनानका ८० प्रतिशत भन्दा बढी नागरिकले घरमा आवश्यक पर्ने न्युनतम आवश्यकताको पूर्ति गर्नका लागि खर्च गर्न पनि नसक्ने अवस्थामा पुगेका देखाएको छ ।

You might also like

Comments are closed.