आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा

चितवन । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताएका छन् । चितवन उद्योग संघको ३१औँ साधारणसभामा उनले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, “विगत तीन वर्षदेखिको तरलता र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ, त्यसले गर्दा नेपालका उद्योग धरासायी बन्दै गएका छन् ।” सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको जनाउँदै उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए।

तरलताका कारण व्यावसायी असामान्य स्थितिमा पुगेको उनको भनाइ थियो । यस विषयमा आफूहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग समेत कुरा गरेको बताए। नेपालका उद्योगहरूले आयात प्रतिस्थापन गर्न सक्ने गरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको अवश्यकता हो ।” आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योगहरू खुलेर उत्पादन बढाउन आवश्यक रहेको उनले बताए।

jutta mela

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशमा यही अवस्था रहे आर्थिक संकट आउन सक्ने बताए। ब्याज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक संकटको स्थिति आउने उनको भनाइ थियो । उद्योगी व्यवसायीको पक्षमा निजी क्षेत्र एकापसमा समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाईँ, नेपाल उद्योग परिसंघ बागमती प्रदेश उपाध्यक्ष भेषराज दबाडी, चितवन उद्योग संघका अध्यक्ष चुननारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, उद्योग संघ चितवनको गभर्नर समितिका अध्यक्ष दिवाकर खरेललगायतले बोलेका थिए । उद्योग संघका जिल्ला अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

You might also like

Comments are closed.