निर्वाचन खर्च नबुझाउने ६८४ जना कारबाहीमा

काठमाडौं । भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् ।

भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट रु ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट रु छ करोड ९९ लाख राजस्व संकलन हुने देखिन्छ । एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन खर्च नबुझाएको कार्यालयले जनाएको छ ।

jutta mela

त्यस्तै नगरपालिका प्रमुख, उपप्रमुख उम्मेदवार बनेका पाँच जनाले पनि खर्च विवरण बुझाएका छैनन् । नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारबाट रु २२ लाख ५० हजार र नगरका वडाध्यक्ष तथा अन्य सदस्यबाट रु तीन करोड ३९ लाख जरिवाना उठ्ने आयोगले जनाएको छ ।

You might also like

Comments are closed.