कुस्मा। कुस्मा स्थित एड्भेन्चर हब ‘द क्लिफ’ तिहारको भाइटिकामा पनि खुल्ला हुने भएको छ।
एड्भेन्चर प्रेमीहरूको सुविधालाई मध्यनजर गर्दै तिहार एवं भाइटिकामा समेत ‘द क्लिफ’का सबै साहसिक खेलहरू खुल्ला नै रहने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
बन्जी र स्विङको लागि प्रख्यात बनेको यस ठाउँमा एड्भेन्चर प्रेमीहरूको आकर्षण बढेको छ। भाइटिकाको दिनको लागि बन्जीको प्री बुकिङसमेत भैरहेको कार्कीले बताए ।
‘यहाँ विशेष गरि पर्यटकहरू बन्जीकै लागि आउने गरेका छन्। तर यहाँ आइसकेपछि स्विङ, स्काइ क्याफे, स्काइ रोप साइकलिङ, जाइन्ट स्विङ, स्काइ ग्लाइडिङलगायतका साहसिक खेलहरूको पनि अनुभव लिने गरेका छन्,’ कार्की भन्छन् ‘चाडवाड र विदाको समयलाई सदुपयोग गर्न आउनेहरूले तिहारमा खुल्छ वा खुल्दैन भनेर धेरै फोन आइरहेको छ। सोही कारण पनि हामीले भाइटिकाको दिन पनि सबै खेलहरू सञ्चालनमा राखेका छौँ।’
Comments are closed.