जडिबुटी तथा तुलसी खेती अभिमुखि कार्यक्रम सम्पन्न

पोखरा । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारी ,गैरिभन्ज्याङ काफलडांडा बन उपभोक्ता समुह र बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा दुई दिने जडिबुटी तथा तुलसी खेती अभिमुखि कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला बन डिभिजन कार्यलय कास्कीका अधिकृत कमल लम्साल र पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखा अधिकृत ज्ञानु आचार्यले तालिम दिएका थिए । उक्त तालिममा साबिक भरतपोखरी ७, हाल पोमनपा ३३ का करिव ४२ कृषक सहभागी भएका थिए ।

अधिकृत कमल लम्सालले ूसमुदायस्थर बाट एस्ता तालिम गोष्ठी माग भएकोमा खुशी व्यक्त गरे । नेपालमा पाइने बहुमुल्य धेरै जडिबुटीहरु लोपोन्मुख अबस्थामा पुगेका छन । बहुमुल्य र लोपोन्मुख जडिबुटीको पहिचान गरि जडिबुटी खेती गर्न सकिने र जिबिको पार्जन मात्रै नभै सामुहिक रुपमा खेती गर्दा मनग्य आम्दानीको समेत गर्न सकिने बताए ।

jutta mela

काठ जन्य बनपैदावारबाट मात्रै नभई बनजङलमा पाइने जडिबुटीबाट पनि आय आर्जन गर्न सकिने स्रोतको रुपमा लिन सकिन्छ । जडिबुटी खेती विशेष गरि समुदायले नै सामुदायिक बनमा राज्यको नितिलाइ फ्लो गरेर लागाउन वा गर्न सकिन्छ । राज्यले आर्थिक वर्ष अगाडि नै कार्ययोजना तर्जमा गर्दा जडिबुटीलाइ पनि समावेश गरेको छ । कृषकहरुको मागको अनुसार पनि योजना तर्जुमा गर्ने हुनाले सरकारलाइ घचघच्यानु जरुरी छ , एस्ता नौलो र सर्हानियकामको सफलताको समेत कामाना गर्दै तालिम पस्चात पनि सहयोग गर्ने बताए ।

कार्यक्रमका अर्का प्रशिक्षक ज्ञानु आचार्यले तुलसी खेती गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरुको बुंदा गत रुपमा औल्याउँदै बिउ भण्डार , उत्पादन , बजारीकरण साथै प्राबिधिक कुराको बारेमा पनि तालिम दिइन ।

परम्परागत खेती भन्दा आधुनिक खेती प्रणालीअनुसार खेती गर्दा बढी भन्दा बढी उत्पादन गरेर लाभ लिन सकिने बताइन । कृषि व्यावसायमा अन्यमा व्यावसायमा भन्दा बढी जोखिम हुनेहुनाले खेती बिमा हुनुपर्ने बताइन । ब्याबसायिक खेती गर्दा नाफा घाटा दुबै हुन सक्ने हुनाले बजारको ग्यारेन्टी पनि महानगरले गरेको छ । हाल २६ वोटा कृषि उत्पादनको निम्नतम मुल्य कायम गरेको छ यदि महानगरले तोकेको मुल्य भन्दा पनि बजार कम भएमा घाटा महानगरले ब्यहोरिदिने पोलिसी महानगरले बनाएको छ ।

त्यस्को लागि कृषक र कृषि उत्पादन सुचिकृत हुनुपर्दछ ।तालिममा सिकेका कुरा व्यबहारमा उतार्न पनि जोड दिन अनुरोध गरिन । तालीममा २५ प्रतिशत मात्रै पुरुष सहभागी र ७५ प्रतिशत महिला सहभागी भएकोमा खुशी व्यक्त गरिन। गैरिभन्ज्याङ काफलडांडा बन उपभोक्ता समितिका अध्यक्ष केशवराज आचर्यले संस्थाले आगामि दिनमा पनि यस्ता तालिमहरु समय समयमा दिने बताए ।

तालिममा सिकेको अनुभवले उत्पादनमा उच्चफल प्राप्त गर्न सकिने बताए । बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष बसन्तराज लम्सालले पनि तालिममा सिकेको सिप अपानाउने र उत्पादन लाइ सिप संग जोडेर आगाडि बड्नु पर्ने बताए ।

अभिमुखि कार्यक्रममा जनप्रतिनिधि दुर्गा के सि , बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका सचिव मोती भुजेल,मनु कार्की ,दिपा आचार्य,केशवराज लम्साल लगायतले पनि बोलेका थिए ।

You might also like

Comments are closed.