काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले माग गरेको छ ।
लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महांघले बिहीबार पत्रकार सम्मेलन गरी भाडादर तत्काल फिर्ताको माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले उद्योग नै चल्न नसक्ने गरी भाडा वृद्धि गरेको महासंघको ठहर छ । महासंघको सहमतिविपरीत २०७५ सालमै सञ्चालक समितिले सात सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडा वृद्धिको लाखौको बिल उद्योगमा पठाएको भन्दै महासंघले विरोध गरेको छ ।
महासंघका अध्यक्ष रामहिरा पाठकले बैंकलाई ब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्यामा रहेका व्यवसायीलाई भार पर्नेगरी भाडा वृद्धि गरिएको बताए। उनले एकैपटक सात सय प्रतिशतले भाडा वृद्धि गर्ने कार्य नियमसम्मत नभएको जिकिर गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरे।
अध्यक्ष पाठकका अनुसार २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर पाँच÷पाँच वर्षमा भाडा वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो ।








Comments are closed.