फिलिपिन्समा भिषण बाढी : आठ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ जनाको मृत्यु भएको छ ।

तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो। शनिबार २५ जना यात्रु बोकेको जीपनी गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा बाढीले बगाएको थियो।

तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन्। दुर्घटनामा परी ज्यान गुमाउने सात जना ६० वर्ष नाघेका र एक जना घाइते भएको उनले बताए ।

लामो समतल यात्री जीपनीहरू फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय माध्यम हो। यी प्रतिष्ठित गाडीहरू दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन्।

You might also like

Comments are closed.