अवैधानिक सञ्चालन गरिएका क्रसर उद्योग बन्द गृह मन्त्रालयको निर्देशन

 

काठमाडौं । अवैधानिक रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधबार गृहमन्त्रालयले परिपत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन यस्तो निर्देशन दिएको हो।

प्रचलित कानुन विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न सबै प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन्।

कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न मन्त्रालयले निर्देशन दिएको हो।

You might also like

Comments are closed.