सर्वोत्तम स्टिलको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

सौरभ गु्रपद्वारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

You might also like

Comments are closed.