पोखरा । विनाकाम स्वास्थ्य सम्वन्धी सुरक्षा मापदण्ड पालना नगरी विभिन्न स्थानहरुमा भिडभाड गर्दा आफु र घरपरिवार समेत सुरक्षित नभएका पछिल्ला घटनाहरुले पुष्टि गरेका छन् । यसैक्रममा गण्डकी धौलागिरी क्षेत्रमा रहेका पेट्रोलियम पदार्थ विक्री डिपो पेट्रोल पम्पहरुमा दैनिक ४० हजार लिटर पेट्रोल र दुर्इ लाख लिटर डिजेलको बिक्री बितरण भैरहेको तथ्यांकले देखाएको छ । यतिका परिमाणमा पेट्रोलियम पदार्थ भर्नका लागि जिल्ला प्रशासनले चलाउन अनुमति दिएका वा नदिएका सवारी साधनहरु पेट्रोलपम्पसम्म आउने गरेकाले यो क्षेत्र समेत थप जोखिममा परेको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ ।
आफुलाई आवश्यक पर्ने इन्धन पटक पटक भर्नुभन्दा एकैपटक भरेर लैजान गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले अनुरोध गरेको छ । पटक पटक इन्धन भर्न आउँदा ग्राहक र स्वयं पेट्रोलियम मजदुर एवं संचालक समेत कोरोना संक्रमणको जोखिममा पर्नसक्नेतर्फ सचेत गराउन एशोसिएसनले सो आग्रह गरेको अध्यक्ष राजन गोगंजुले बताए ।
महामारीको समयमा नेपाल सरकारले पेट्रोलियम पदार्थ बिक्रीकर्ता ढुवानीकर्ता ट्यांकर चालक र मजदुर अहिलेसम्म कोरोनाविरुद्धको खोप समेत दिन सकेको छैन । महामारीका बेला इन्धन भर्ने नाउँमा यस क्षेत्रसँग सम्वन्धीत सरोकारवाला एवं सम्पूर्ण नेपालीहरुलाई कोरोना संक्रमणबाट बचाउनका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सुरक्षा मापदण्डको पालना, जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका निषेधाज्ञाको पूर्णरुपमा पालना गरी घरमै बसेर आफु र अरुलाई पनि बचाउने कार्यमा सहयोग गर्न पनि एशोसिएसनले आग्रह गरेको छ ।
बिपदको समयमा गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियनले आफ्नै कार्यालयमा आइसोलेसन वार्ड तयार पारेको बताईको छ । जटिल समस्या नभएका तथा डेरामा परिवार सहित बस्दा अप्ठ्यारो पर्ने संक्रमितले आइसोलेसन प्रयोग गर्न सक्ने विज्ञप्तीमा जनाइएको छ ।





Comments are closed.