पोउवा संघका कार्यसमिति सदस्य रुपनारायण भुजेलको निधन

पोखरा । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ( बस्तुगत) रुपनारायण भुजेलको शुक्रबार निधन भएको छ । भुजेलको निधन पछि पोखरा उद्योग वाणिज्य संघले शोक विज्ञप्ती निकालेको छ ।

‘उहाँको निधनबाट पोखरा उद्योग वाणिज्य संघले आफ्ना क्रियाशिल सदस्य मात्रै गुमाएको छैन, समाजबाट नै एक अग्रणी व्यक्ति खोसेर लगेको छ । हामी मर्माहत र स्तव्ध भएका छौं,’ विज्ञप्तीमा भनिएको छ ।

स्वर्गीय भुजेल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य,मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष तथा विभिन्न सामाजिक संघ÷संस्थाको नेतृत्वदायी भूमिकामा थिए ।

दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ उनको देहमुक्त आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।, विज्ञप्तीमा भनिएको छ ।

 

You might also like

Comments are closed.