सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता :प्रधानमन्त्री दाहाल

काठमाडाै  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राख्नुभएको छ ।

चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गरे ।

“लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ । यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ ।”

नेकपा माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका दाहालले भने , “कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र मेरो कुराकानीबाट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण सङ्घर्षमा आयो र संयुक्त जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । यस गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य हो । म बौद्धिक वर्गलाई पनि यही आग्रह गर्दछु ।”

उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने बताए।

प्रधानमन्त्री प्रचण्डले भने, “कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ । उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । उनीप्रति मेरो अगाध आस्था र विश्वास रहीरहनेछ ।”

उनले राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्र निर्णायक तत्व भएको उल्लेख गर्दै विश्वविद्यालय ऐनको तयारीका काम भइरहेको अवगत गराए।

You might also like
Ram Tulasi Palpa

Comments are closed.