प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

जनकपुर । प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले आज ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

jutta mela

प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको यस विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यो विधेयकसहित उनको कार्यकालमा प्रमाणीकरण गरिएका विधेयकको सङ्ख्या जम्मा १७ पुगेको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका हालसम्मको विधेयकको सङ्ख्या जम्मा ३९ पुगेको छ ।

You might also like

Comments are closed.