मोटरसाइल सेफ्टी तथा सस्टेनेबिलिटी वेबिनार सम्पन्न

काठमाडौं ।
FIM Sustainable Week 2021 को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन NASA तथा नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजना, पर्वतीय खेलकुद महासंघ नेपाल र नेपालअटो डट कमको सहयोगमा हिजो अपराह्र ४ बजे अनलाइन जुम मार्पmतMotorcycling Safety and Sustainability  वेबिनार भएको छ ।

नेपाल, भारत र फ्रान्सबाट वक्ता तथा सहभागीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई नासा नेपालका सचिव सन्तोष न्यौपानेले संचालन गरेका थिए भने उपाध्यक्ष अनिल कुमार बरालले स्वागत गरेका थिए । कार्यक्रममा वक्ता फेडेरेसन इन्टरनेसनल डे मोटोसाइक्लिजम -FIM_ International Sustainability Commission की निर्देशक Katia Juarez Dubon ले FIM का गतिविधि बारे जानकारगराएकी थिइन् भने Trax India कि महासचिव रजनी गान्धीले मोटरसाइकलको यात्रालाई सुरक्षित बनाउन भारतमा चालिएका कदम तथा उपलब्धिबारे प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै ,FIM Asia का उपाध्यक्ष सुजित कुमारले नेपाल टुरिङ्गका उत्कृष्ट गन्तब्य बन्न सक्ने जानकारी गराउदै बिगतमा नासा नेपाल संग एकबद्ध भएर गरिएका कार्यक्रहरु शेयर गरे भने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा FIA Environment र Sustainability Commission का सदस्य गोविन्द भट्टराईले FIM तथा NASA NEPAL इतिहास, संयुक्त कार्यक्रम तथा नेपालका केहि टुरिङ्ग गन्तब्य बारे प्रस्तुति गरेका थिए ।

त्यसै गरि अर्का वक्ता हिमालयन इन्पिÞmल्डर्सका निर्देशक प्रमोद श्रेष्ठ (गुफी) ले मोटरसाइकल मार्फत नेपाल मा गरिएका टुरिंग गतिविधि पेश गर्नुका साथै सुरक्षा मापदण्ड पालना गर्न बारे प्रस्तुति गरे । त्यस्तै,Yoma E-Motors Pvt. Ltd. का प्रबन्ध निर्देशक संजिव शिल्पकारले इन्धन युक्त सवारीले वातावरणमा परेको प्रभाव बारे छलफल गर्दै विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनु भयो भने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल का कार्य समिति सदस्य प्रकाश कपुरीले सडक सुरक्षाका हिसाबले सवारी कर संकलनलाई थप पारदर्शी बनाई उपभोक्ताले तिरेको कर अनुसार सवारी चलाउने वातावरण हुनुपर्ने बताए ।

नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपानेले सम्पूर्ण वक्ता तथा सहभागीलाई धन्यबाद दिदै निष्कर्ष सहित कार्यक्रम समापन गरेका थिए ।

You might also like

Comments are closed.