अपांगता भएका व्यक्तिलाई खोपमा प्राथमिकतामा राख्न आग्रह

 

पोखरा ।  कोरोना विरुद्ध दिईने खोप अभियानमा अपांगता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकता दिई अविलम्ब खोप उपलब्ध गराउन स्वाबलम्बन जीवनपद्धती केन्द्र पोखराले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

साथै अपांगता भएका व्यक्तिहरुलाई पीसीआर परिक्षणमा विशेष प्राथमिकता दिएर अपांगता भएका व्यक्तिहरुको पिसिआर परीक्षण, संक्रमितको संख्या लगायतका सूचनाहरुको व्यवस्थित तथ्यांक राख्न छुट्टै अभिलेखिकरण गर्न आवश्यक रहेको बताइएको छ ।

सरकारले जोखिमको क्षेत्रको पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सकेमा अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुको परिवार, सहयोगी तथा समुदाय समेत सुरक्षित रहने सोमबार भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अधिकार प्रत्याभूत हुने समेत भएकाले यस वर्गलाई खोपमा उच्च प्राथमिकता दिनु अत्यावश्यक रहेको स्पष्ट पार्दै सम्बन्धित सरोकारवालाहरुको  पत्रकार सम्मेलन गरिएको थियो ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.