लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म सक्रिय छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफँै सक्रिय भइरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले यो मामिलामा आफू सबैभन्दा बढी गम्भीर भएर लागेको बताए । लाखौँ वचतकर्ता बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा दृढतापूर्वक लागेको उनले बताएका छन् ।

“तपाईहरूको सुझाव पनि म हेर्छु, यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो” उनले भने ।

lcci
You might also like

Comments are closed.