सुनको मूल्य रु २१ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु २१ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख २७ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार ४ सय निर्धारण गरिएको छ ।

jutta mela

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु १५ सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु १५ सय २५ पुगेको छ । रासस

You might also like

Comments are closed.