जाल्पा र किसान लघुवित्त एकिकरण : अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एकिकरणका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त र लम्कीचुहा नगरपालिका वडा नं. ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच आइतबार एकिकरणका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

जाल्पा लघुवित्तको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ भने किसान लघुवित्तको हाल चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार ५०५ रुपैयाँ रहेको छ ।

jutta mela

दुई संस्था गाँभिए पश्चात केन्द्रीय कार्यालय साविक किसानको केन्द्रीय कार्यालय रहेको आफ्नै भवन लम्कीचुहा कैलालीमा रहनेछ ।

कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा हुनेछ । संस्था एकिकरणपछि एकिकृत कारोवार “मातृभूमी“ नामबाट हुने बताइएको छ ।

You might also like

Comments are closed.