उपत्यकाका ४ ठाउँमा स्वदेशी जुत्ता मेला

काठमाडौं । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौं उपत्यकाका ४ ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ ।

जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आम उपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।

बुधबारदेखि काठमाडौंको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ । । बुधवारदेखि शुरु भएको जुत्ता महोत्सव को उद्घाटन उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् ।

jutta mela

अहिलेको विषम परिस्थितिमा देशमा जुन खालको आर्थिक मन्दी छ त्यसबाट माथि उठ्न हामीले आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देश को आर्थिक अवस्था को सुधार हुने उनले बताए ।

महोत्सव समापनपछि ४ स्थानमा सबै सहभागी कम्पनीको सहभागितामा स्थायी सोरूम नियमिति रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन् ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्ड्रस्टजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरी ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहेको बताइएको छ ।

You might also like

Comments are closed.