२२ दशमलव ७५ अङ्कले बढ्यो नेप्से परिसूचक, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् १ दशमलव १३ प्रतिशतले बढेर २ हजार २६ अङ्कमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार १०२ कित्ता शेयर ६४ हजार २२१ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ दशमलव ५६ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार ४१७ पुगेको छ ।

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ । आज वित्त समूह ५ दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक ३ दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।

jutta mela

आजको कारोबारमा विभिन्न ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको ४ दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड–१ को ३ दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २ दशमलव ७६ प्रतिशतले घटेको छ । रासस

You might also like

Comments are closed.