आई.एम.ई. लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको १८८ औँ बैठकले नियुुक्ति गर्ने निर्णय बमोजिम चौलागाईलाई चिफ मार्केटिङ अफिसरमा नियुुुुुुुुुुुक्त गरिएको जनाइएको छ ।

बीमा क्षेत्रमा करिव १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त भएका हुन् । नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए ।

jutta mela

व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

 

You might also like

Comments are closed.