कुनैबेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याइनभ्याई भयो । आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जान समेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त धेरैले सपनाको देश भनिने अमेरिका पुगिन् । त्यो क्षण सम्झिँदै भन्छिन्,“त्यसबेलाको मधेशी समाजकी एउटा बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिदा पनि नमीठो लाग्छ । मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्ने थिइन होला । घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि । अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ । अब उहाँहरू अगाडि आउनुपर्छ । त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।”
Comments are closed.