नेपाल शैक्षिक परामर्श संघ कास्कीले पोखरामा बृहत शैक्षिक बहस गर्दै

पोखरा । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत ३० गते ‘इडीयू ३६०’ नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

एक दिने कार्यक्रममा तीन सेसन हुने (इक्यान) कास्कीका उपाध्यक्ष एवम् संयोजक सन्तोष शाहीले बताए । उनका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताका विचार सुनिनेछ । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश हमाल आउने जानकारी उनले दिएका छन् ।

अन्य वक्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्काय (जीपास्ट) का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपिल अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् ।

jutta mela

कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाई समेत सहभागीता गराइनेछ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले बताए ।

ग्लोवल एजुकेशनका विषयमा शिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीति निर्माणका विषयमा छलफल हुने बरालले बताए ।

आयोजकले कार्यक्रम मार्फत बैदेशिक अध्ययनको सकारात्मक प्रभाव बुझाउने कोशिस गर्ने बताएको छ । परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक तथा यस क्षेत्रसँग सरोकार राख्ने व्यक्तिको सहभागीता रहेको आयोजकले जनाएको छ ।

संघले वार्षिक योजनाअनुसार सदस्यहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिमहरुका साथ अन्य नियमित कार्यक्रमहरु आयोजना गर्दै आएको इक्यान कास्कीका पूर्व अध्यक्ष इभिन्द्र तिवारीले बताए । उनले नेपाली विद्यार्थीको चाहनाअनुसार नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीले विभिन्न देशमा कलेज तथा विश्वविद्यालयमा अध्ययनको लागि परामर्श दिंदै आइरहेका जानकारी दिए ।

व्रिटिस काउन्सिलको टाइटल स्पोसरमा रहेको इडियु थ्री सिक्टी (भ्म्ग्घटण्) कार्यक्रममा अमेरिका स्थित वेवस्टर युनिभर्सिटि, एशोसिएट स्पोन्सर रहेको छ भने मुख्य प्रायोजक जि एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट रहेको छ ।

त्यसैगरी प्रायोजकमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज, मिराकल इन्सिच्युड, रोवुष्ट एजुकेशन र जे कार्ट रहेका छन् । इक्यान कास्कीका उपाध्यक्ष तथा कार्यक्रम इडियु थ्रीसिक्टीका संयोजक सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमल बरालले गरेका थिए । नेपाल शैक्षिक परामर्श संघ शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा पुरानो र धेरै सदस्यहरु भएको छाता संस्था हो ।

यस संस्था सदस्यलाई एकिकृत गर्दै व्यवसायलाई व्यवस्थित एवं अनुशासित बनाउने उद्देश्यको साथ यसको स्थापना भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यसको विभिन्न जिल्लामा शाखा कार्यालयहरु रहेका छन् । जसमा कास्की पनि एक हो ।

यस संस्थाका सदस्यले नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, त्यसको भविष्यको विषयमा पर्याप्त सुचना प्रवाह गर्नुका साथै विभिन्न कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने कुरालाई नै संघले आफ्नो पेशागत दायित्वको रुपमा लिएको छ । यस कार्यमा संघसँग आवद्ध ४६ परामर्श दातृ संस्थाहरु क्रियाशिल रहेका छन् ।

You might also like

Comments are closed.