नेपाल शैक्षिक परामर्श संघका टोलीद्वारा मन्त्रालयका सचिव अधिकारीसँग भेटघाट

काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीसँग भेटघाट गरेको छ ।

मंगलवार संघका अध्यक्ष शेषकान्त भट्टराई सहितको टोलीले मन्त्रालयका सचिव अधिकारीसँग भेटघाट गरी ज्ञापन पत्र बुुझाएको छ ।

जापानमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको हकमा जापानिज स्कुल, कलेज तथा विश्व विद्यालयबाट प्राप्त Offer Letter वा Admission Letter गरेको आधारमा एनओसी जारी गरिदिने सम्बन्धि ज्ञापन पत्र बुझाइएको हो ।

jutta mela

सोही ज्ञापन पत्र केही दिन अगाडी तत्कालीन प्रवक्ता शिवप्रसाद सापकोटालाई पनि बुझाइसकिएको छ ।

ज्ञापन पत्र बुुझ्दै सचिव अधिकारी र तत्कालीन प्रवक्ता सापकोटाले यस विषयमा आफूहरु सकारात्मक रहेको बताएको शैक्षिक परामर्श संघले जनाएको छ ।

ज्ञापन पत्र हस्तान्तरण तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष भट्टराईसहित महासचिव दिपकराज भुसाल, सचिव भवनाथ हुमागाई, सल्लाहकार महेश कार्की, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका सदस्य बासु नेपाल लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.