सुनको मूल्य प्रतितोला रु ५ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ५ सयले बढेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार ८ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार ६५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार १५० निर्धारण भएको छ ।

jutta mela

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर १७ सय कायम भएको छ । रासस

You might also like

Comments are closed.