नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार ९७२ दशमलव १४ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०४ अङ्कले ओरालो लागेर ३५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर रु २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार ४४१ मूल्यमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स रु १० करोड ५१ लाख ३७ हजार ६७९, पोखरा फाइनान्स रु ७ करोड ३७ लाख ५५ हजार ६४६, शिवम् सिमेन्ट रु ५ करोड ४५ लाख १९ हजार १२३ र हिमालयन रिइन्स्योरेन्स रु ५ करोड ३० लाख ४९ हजार ५५१ मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

jutta mela

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर ७ दशमलव ९४, पोखरा फाइनान्स ६ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड ५ दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ५ दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतले कमाएका छन् ।

रुरु जलविद्युत् परियोजना ९ दशमलव ९९, गुर्खाज फाइनान्स ९ दशमलव ३९, सिभिल बैंकको ऋणपत्र ८ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त ६ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतले गुमाएका छन् । रासस

You might also like

Comments are closed.