रामपुरमा महिलालाई मादल बजाउने तालिम

सुशीला रेग्मी

रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नं. ६ पाल्पामा मादल बजाउने तालिम सम्पन्न भएको छ । संस्कृति संरक्षण समिति रामपुर ६ को समन्वय र वडा नं ६ को आर्थिक सहयोगमा संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत मादल बजाउने तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागीलाई रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रमाण पत्र वितरण गरिन् । नगर उपप्रमुख थापाले तालिमले कला ज्ञान सीप आर्जनसंगै संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले गाउँ छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव नहुने उल्लेख गर्दै नेपालीको मौलिक संस्कृतिको जगेर्ना संगै महत्व बढाउन तालिम लाभदायी हुने बताएकिछिन् ।

वडाध्यक्ष दिवाकर देवकोटाले गाउँघरमा हुने पुजा, विभिन्न पर्व, भजनकिर्तनमा बाद्यवादन गर्ने व्यक्तिको अभाव हुदै गएको र अर्कोतर्फ युवा जनशक्तिहरु हिजोआज गाउँमा बसोबास कम हुदा मठमन्दिर, पूजाआजा, धार्मिक कार्यमा मादल बजाउने व्यक्तिको अभावमा समस्या नहोस् भन्नका लागि तालिम सञ्चालन गर्न वडाले आर्थिक सहयोग गरेको बताउँछन् ।

jutta mela

कार्यक्रममा निवर्तमान वडाध्यक्ष हुमनाथ न्यौपानेले मादल बजाउनमा मात्र तालिम सिमित नभएको भन्दै यसले संस्कृतिको संरक्षण संगै बाजाको संरक्षण पनि हुने बताउँछन् । समापन कार्यक्रममा राजनीतिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरेले तालिममा सिकेका ज्ञानलाई अभ्यासमार्फत दक्ष मादल बाधक बन्न आग्रह गरे ।

तालिमका प्रशिक्षक कलाकार हुम विसीले तालिममा मादल बजाउनका लागि आधारभूत ज्ञान सीप सिकाएको बताउँदै सिकेका ज्ञान सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । सहभागीको तर्फबाट मथुरा पाठकले संस्कृति संरक्षणका लागि गरिएको तालिम आफुहरुका लागि उपलब्धीमुलक भएको बताउँछिन् ।

रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यपालिका सदस्य शारदा आचार्यले स्वागत र मञ्जु ढुंगानाले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन सुष्मा आलेले गरेकी हुन् ।

तालिममा वडाका २५ जना महिला सहभागी रहेको वडा सचिव महेश भट्टराईले जानकारी दिए । उनका अनुसार गत वैशाख १८ गतेदेखि २७ गतेसम्म १० दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण टिकाराम ढकाल र हुम विसीले गरेका हुन् ।

 

You might also like

Comments are closed.