काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एकपछि अर्काे सफलता हात पार्दै आएको छ । यसै क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ ।
न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ ।
अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, “एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौ, एमजी ४ को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।”
गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्ण रुपमा विद्युत्तिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ । २०२२ मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधि हासिल गर्दै आएको छ ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।
तीन भन्दा धेरै दक्ष इन्जिनियरले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधन यूरोपेली कानून र ग्राहकको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।
एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजि ४ ईभि, एमजि जेडएस ईभि, एमजि कोमेट ईभि गरी ३ वटा मोडेलका विद्युत्तिय र एमजि हेक्टर, एमजि एचएस, र एमजि एसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको छ ।
Comments are closed.