कोका–कोलाको “कोका–कोला महोत्सव”

काठमाडौं । कोका–कोलाले “कोका–कोला महोत्सव” नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत ग्राहकले रेष्टुरेण्टमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एड सिएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टसँग सहकार्य गरेको छ ।

यी रेष्टुरेण्टमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरुले २० देखि २५ प्रतिशत सम्मको छुट अथवा केही खानाहरु संग निःशूल्क कोक प्राप्त गर्न सक्नेछन् ।

कोका–कोलाको कोक+मिल्स् क्याम्पेनको नयाँ संस्करणको रुपमा ल्याइएको “कोका–कोला महोत्सव” बैशाख २६ गतेदेखि जेठ २५ सम्म चल्नेछ ।

You might also like

Comments are closed.

Secret Link