हुन्डाई मोटर एसेम्ब्ली प्लान्टबारे सञ्चारकर्मीलाई जानकारी

रामग्राम (नवलपरासी सुस्ता पश्चिम) । हुन्डाई मोटर एसेम्ब्ली प्लान्टमा सञ्चारकर्मीलाई अवलोकन तथा टेस्ट ड्राइभ गराइएको छ ।

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. को मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले उद्घाटनको अवसर पारेर रामग्राम, परासीस्थित हुन्डाई मोटर एसेम्ब्ली प्लान्टमा सञ्चारकर्मीलाई नेपालमै निर्मित हुन्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा सञ्चारकर्मीलाई प्लान्टको अवलोकन तथा प्राविधिकद्वारा एसेम्ब्ली प्रक्रिया सम्बन्धी सबै जानकारी गराइएको छ । अवलोकन पश्चात सञ्चारकर्मीले हुन्डाई मोटर सम्बन्धी विभिन्न जानकारी लिएका छन् । कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मी सहभागी थिए ।

लक्ष्मी मोटर कोर्पोरेसनको पहलबाट विभिन्न ग्राहकको विविध आवश्यकता र आकाङ्क्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य हुन्डाई  सवारी साधनको उत्पादनप्रति आफ्नो समर्पण देखाएका छन् । उद्घाटन समारोह भने प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न गरिएको हो ।

You might also like

Comments are closed.