जनकवि गोकुल जोशीको ९५ औँ जन्मजयन्तीमा साहित्यिक कार्यक्रम

श्रीराम सुबेदी

पोखरा । तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा शनिबार पोखरामा विभिन्न कवि तथा साहित्यकारहरुको रचना वाचन गरी जनकवि गोकुल जोशीको ९५ औँ जन्मजयन्ती मनाइएको छ ।

जनकवि जोशीको साहित्यक योगदान, जिवनी र उनले साहित्य मार्फत समाजमा गरेको योगदानको विषयक परिचर्चा एवम् रचना वाचन गरी उक्त कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख वक्ता एवम् परिचर्चाकार पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति, साहित्यकार, जनगायक पद्मराज ढकालले गोकुल जोशी साहित्यका माध्यमबाट जनताका आवाज बुलन्द पार्ने जनकविको रुपमा परिचित रहेको बताए । उनी धर्मराज थापा र अलिमियाँका समकक्षी साहित्यकार भएरपनि राज्यबाट उपेक्षित हुँदा छायाँमा परेको बताए । ढकालले जनकवि गोकुल जोशीका रचनालाई गीत र संगीतको माध्यमबाट प्रस्तुत गरेका थिए ।

कार्यक्रमका संयोजक समाजका निवर्तमान अध्यक्ष तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले गोकुल जोशी खरानी भित्र लुकेर बसेको आगोको फिलि·ो भएको बताए । चेतनाको गीत गाउँदै गाउँवेशी गर्ने कवि गोकुलजोशी आफ्नो जन्मघर छोडेर देश तथा विदेशका विभिन्न भुभागमा परिभ्रमण गर्दै सामाजिक विभेदको विरुद्धमा आवाज बुलन्द पार्ने वास्तविक जनगायकको रुपमा परिचित रहेको बताए।

जनकवि गोकुलका विषयमा गण्डकी साहित्य संगमका अध्यक्ष भिम रानाभाट, सदस्य शोभाकान्त गौडेल, सम्पर्क समाजका पूर्व अध्यक्ष भिमबहादुर गुरुङ, चन्द्रविक्रम अधिकारी विभिन्न साहित्यकार तथा कविले कविता वाचन गरेका थिए ।

समाजका उपाध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य महासचिव यामबहादुर सुर्खाली र सञ्चालन निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले गरेका थिए ।

You might also like

Comments are closed.