राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा २९ को सभापतीमा पौडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका वडा नं २९ को अधिवेशन सम्पन्न भएको छ । तदर्थ समितिका वडा सभापति प्रभात पौडेलको अध्यक्षतामा अधिवेशन भएको हो ।

अधिवेशनले सभापतीमा पौडेललाई चयन गरेको छ । सभापति पौडेलको सभापतित्वमा ९ जना वडा कार्यसमितिमा चयन भएका छन् ।

अधिवेशनको प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाई रहेका हुन् । अधिवेशनमा विभिन्न टोल विकास संस्था आमा समूह, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभचिन्तक र पार्टी सदस्य लगायत सहभागी थिए ।

You might also like

Comments are closed.