काठमाडौं । टिभिएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ३० जना राइडरसहित काठमाडौंदेखि कुलेखानीसम्मको यात्रा “पहिलो रोनिन कल्ट राइड” सफलतापूर्वक सम्पन्न गरेको छ ।
२३ वर्षीय राइडर सञ्जय आले पोखरा देखि काठमाडौंसम्मको यात्रा गरेर सहभागीको साहसिक जोँशको प्रतीक बने । उनि भन्छन, “यो सवारी मात्र नभई एक साहसिक यात्रा थियो, टिभीएस रोनिनले हरेक मोडमा आफ्नो क्षमता प्रमाणित गर्दै अफ–रोड भूभागमा पनि ह्यान्डल गर्न सहज थियो ।”
‘रोनिन कल्ट राइड’ आधुनिक रेट्रो मोटरसाइकल उत्साहीका बीच साहसिक र सौहार्दताले सफलता हासिल ग¥यो । २३ देखि ५५ वर्ष उमेरका सहभागी समूहले काठमाडौंदेखि कुलेखानीसम्म यात्रामा केही चुनौतीपूर्ण भूभाग समेटिएको बताए । अफ–रोड र भारी वर्षाका कारण यात्राको समयमा चुनौती भएतापनि राइडरले उत्साहपूर्वक यात्रा सम्पन्न गरेका छन् ।
यसको अगाडी र पछाडी रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ । यात्रामा राइडरले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरे ।
यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ । यसमा समावेश उत्कृष्ट विशेषताका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यस टिभिएस रोनिनलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी बनाउँछ ।
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पूणस्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ ।
जगदम्बा मोटर्स प्रालीको १४० भन्दा बढी घक् डिलरहरू र २ सय भन्दा बढी आधिकारिक सेवा केन्द्रका साथ काठमाडौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।






Comments are closed.