गण्डकी कलेज लामाचौरमा १० औँ सूचना प्रविधि मेला हुने

पोखरा । गण्डकी कलेज अफ ईन्जिनियरिङ एन्ड साइन्स लामाचौर पोखरामा १० औँ सूचना प्रविधि मेला हुने भएको छ ।

सूचना तथा प्रविधिको विकास, विद्यार्थीको प्रतिभा प्रस्फुटन र यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था, विद्यार्थीलाई राष्ट्रियस्तरमा आफुलाई चिनाउने अवसर प्रदान गर्न, पोखरालाई यसको केन्द्रविन्दु बनाउने उद्देश्यका साथ आउँदो जेठ २४ र २५ गते १० औँ सूचना प्रविधि मेला आयोजना गरिएको हो ।

मेलामा विद्यार्थीको प्रतिभा तथा सिर्जनशिलतालाई हौसला प्रदान गरिनुका साथै सफ्टवेयर इन्जिनियरिङ्, कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधि सम्बन्धी जानकारी गराउने उद्धेश्यले रहेको छ ।

एक्स्पो गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको सूचना प्रविधिको प्रवद्र्धन गर्ने मुनाफारहित अभियान पनि रहेको छ । एक्स्पोको पूर्व सन्ध्यामा जेठ २१ र २२ गते क्रमशः टेक्निकल टक कार्यक्रम र अन्तर विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता, जेठ २३ गते बिहान खुल्ला रक्तदान कार्यक्रम, एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रम २४ गते बिहिबार बिहान ११ बजे र समापन जेठ २५ गते शुक्रबार दिउँसो २ बजे हुने तय भएको छ ।

टेक्निकल टक कार्यक्रमको मुख्य श्रोत व्यक्तिको रुपमा इन्फो डेभलपर्स प्रा.लि.काठमाडौंका निर्देशक उमेश रघुवंशी रहने एक्स्पोका संयोजक ई. ताराबहादुर थापाले बताए । दुई दिनसम्म सञ्चालन हुने यस सूचना प्रविधि मेलामा परियोजना प्रदर्शनी, कोडिङ प्रतियोगिता, करियर मेला, गेमिङ प्रतियोगिता, फन गेम, फूडस्टल साथै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिने एक्स्पोका अध्यक्ष विवेक भटराईले जानकारी दिए ।

कार्यक्रमका सबै विधाहरुमा विजेता विद्यालय तथा प्रोजेक्टहरुलाई जेठ २५ गते समापन दिन नगद पुरस्कार तथा ट्र«फि वितरण गरिने कार्यक्रम रहेको छ । सफ्टवयर तथा कम्प्यूटर इन्जिनियरिङ २०१९ ब्याच तथा जि.सि.इ.एस आइटि क्लबका विद्यार्थीको सहकार्यमा सञ्चालन हुने यस सूचना प्रविधि मेलाको प्रदर्शन अवधि बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म रहने गण्डकी कलेज अफ ईन्जिनियरिङ एन्ड साइन्स लामाचौरका सहायक प्राचार्य अशोकराज पराजुलीले बताए ।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजको रुपमा स्थापित यस क्याम्पसमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्यूटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा ईन्फरमेशन सिस्टम इन्जिनियरिङको पढाई भइरहेको छ ।

lcci
You might also like

Comments are closed.