पोखरा । पोखरा–९ स्थित वास्तोलाथर टोल विकास संस्थाको पहिलो साधारणसभाका अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १२० टोलवासी लाभान्वित भएका छन् ।
थाइराइड, कोलस्ट्रोल, डायविटिज र युरिक एसिड सम्बन्धी परीक्षण गरिएको संस्थाले जनाएको छ । युआरएल पोखरा र सिटी डायविटिज न्यूरोड एण्ड हर्मन क्लिनिक प्रालि पोखरा–९ ले शिविरमा सहयोग गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मार्सानीले टोलवासी एक भएर अगाडि बढ्दै विकास निर्माणका काममा सहकार्य गर्न आह्वान गरेका छन् । सभालाई सल्लाहकारद्वय कृष्णप्रसाद कोइराला र शंकर देवकोटाले सम्वोधन गर्दै टोलको उन्नती र विकासबारे चर्चा गरी भावि कार्यक्रमबारे प्रकाश पारेका थिए ।
सचिव प्रकाश वास्तोला र कोषाध्यक्ष गणेशप्रसाद कोइरालाले प्रतिवेदन प्रस्तुत गरेका छन् । संस्थाका अध्यक्ष गोपाल वास्तोलाले धन्यवाद दिएको कार्यक्रममा सहभागीलाई संस्थाका उपाध्यक्ष ध्रुव गुरुङले स्वागत गरेका हुन् ।
Comments are closed.