सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु २३ सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज रु १ लाख ४० हजार ५ सय निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा रु १ लाख ३७ हजार ५५० मा कारोबार भएकामा आज यो रु १ लाख ३९ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु २२ सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु १९ सय ३० मा कारोबार भएको चाँदी आज रु १९ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस

You might also like

Comments are closed.

Secret Link