पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ महेन्द्रपुलमा आवद्ध सदस्यलाई पोखरा न्युरोडमा रहेको एन.आर.एलमा विशेष छुट दिइने भएको छ ।
पोखराको न्युरोडमा रहेको एन.आर.एलमा हुने कुनैपनि किसिमको ल्याब सम्बन्धी जाँचमा एशोसियसनमा आवद्ध सदस्यलाई ३५ प्रतिशत छुट दिइने भएको हो । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष वुद्विबहादुर कुँवर र एन.आर.एल पोखराकी मार्केटिङ मेनेजर समिता आचार्य बीच सम्झौता पत्रमा हस्ताक्षर गरी कार्यक्रम सुरुवात गरिएको हो ।
एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले एन.आर.एल संगको सहकार्यले विशाल बजारका व्यवसायीलाई बाहिर गर्नुपर्ने महंगा जाँच र नियमित स्वास्थ्य परीक्षणमा सहज हुने बताए ।
एशोसियसनका उपाध्यक्ष वुद्विबहादुर कुँवरले एन.आर.एल संगको सहकार्यले विशाल बजारका व्यवसायीलाई स्वास्थ्य परिक्षणमा थोरै भएपनि राहत पुग्ने भएकोले एशोसियसनले पहल गरेको बताए । एन आर एलकी मार्केटिङ मेनेजर समिता आचार्यले एशोसियसनमा आवद्ध सदस्यले यो सम्झौताबाट कुनैपनि ल्याव सम्बन्धी जाँचमा ३५ प्रतिशत छुट पाउने बताइन् ।
एन आर एलमा हाल रगत, दिसा, पिसाव, खकार, विर्य, मधुमेह, थाइराइड, मृगौला, कलेजो, बोसोको मात्रा, हर्मन, इन्जाइन, भिटामिन, लगायत सम्पूर्ण शरिरको तत्वहरुको परिक्षण गराउदै आइरहेको समेत मार्केटिङ मेनेजर आचार्यले बताईन् । एशोसियसनमा हाल १८० सदस्य आवद्ध रहेका छन् ।
Comments are closed.