सुनको मूल्य तोलामा १७ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १७ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु १ लाख ४० हजार ५ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४२ हजार २ सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहिबार रु १ लाख ३९ हजार ८ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ४१ हजार ५ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला रु १९ सयमा कारोबार भएको चाँदी आजका लागि रु १८ सय ७५ निर्धारण भएको छ । रासस

lcci
You might also like

Comments are closed.