निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढी लाभान्वित

पोखरा । यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् ।

शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको शिविरमा २०२ जनाको सुगर परिक्षणसंगै २२२ जनाले इसिजी, भिडियो एक्सरेको सेवा लिएको बताइएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले शिविरको उद्घाटन गर्दै ग्रामिण भेगमा रहेका जनतालाई लक्षित गरी शिविरको आयोजना गरेकोमा यूनाइटेड क्लबप्रति आभार प्रकट गरे । अध्यक्ष थापाले भने घिरिङ गाउपालिकामा रहेका ग्रामिण भेगका जनता जो कृषिमा निर्भर छन् उनीहरुले विरामी भएपनि स्वास्थ्य उपचारका लागि शहर जान भ्याउदैनन् उनीहरुका लागि गाउमै आएर निःशुुल्क रुपमा स्वास्थ्य जाँचको लागि यूूनाइटेड क्लबसंग सहकार्य गरेर काम गरेको बताए ।

गाउँपालिकाका पूर्व अध्यक्ष रनबहादुर रानाले युुनाइटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरी ग्रामिण भेगमा रहेका जनतालाई लक्षित गरेर यहाँ आयोजना गरेको शिविरबाट नागरिकले राम्रो लाभ लिएको बताउँछन् । यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापनाकालदेखी स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको र त्यसको निरन्तरता स्वरुप घिरिङमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी नशारोग विभागका प्रमुख सह प्रध्यापक डा. झपिन्द्र पोख्रेलले गाउँका दुर दराजमा रहेका नागरिकलाई लक्षित गरी आयोजना गरिएको बताए । हाडजोनी तथा नशारोग विशेषज्ञ डाक्टर दिनेश विकले शिविरमा उपलब्ध नभएका औषधी र हाजोर्नीको अपरेशन गर्नुपर्ने विरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गर्ने र आर्थिक अभावमा रहेका घिरिङका हाडजोर्नी तथा नशा रोगका विरामीलाई सो सेवा प्रदान गर्न आफु तयार रहेको बताए ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लबले स्थापनाकालदेखी वर्षेनी ग्रामीण भेगमा रहेका जो स्वास्थ्यको पहुँचबाट टाढा रहेका छन् उनीहरुलाई मध्यनजर गरी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको र सोही अनुरुप घिरिङ गाँउपालिकाका नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन् ।

शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सह प्रध्यापक डा. झपिन्द्र पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझा, रेडियोलोजिष्ट सह प्रध्यापक डा. रोशन पंगेनी, जनरल सर्जन डा. आनन्द भट्टराइ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश बिक, पेट छाती मुटुरोग विशेषज्ञ डा. सुदर्शन सुवेदी, डा उज्जवल शाह, डा. ओसीन ढकाल, डा. सागर अधिकारी, शोभाखर पाण्डे, नरहरी पनेरु, सुवास सुवेदी, इश्वर शर्मा, सृजना पौडेल, सन्दिप केसी, सुुस्मिता घमाल, ममता थापा, विपना थापा, प्रतिमा गुरुङ, निशानी खत्री, सन्देश पौडेल, डिल बहादुर क्षेत्री, बिजय खड्का, सम्झना पौडेल लगायतले सहजीकरण गरेका हुन् ।

क्लबका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, क्लवका सदस्यहरु सन्तोष कार्की, शिव थापा, शान्ति सुवेदी, क्लबका आजिवन सदस्य शुसिला श्रेष्ठ, रिम क्षेत्री लगायतको सहभागी थिए ।

घिरिङ गाउँपालिकाको व्यवस्थापनमा भएको शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा पोखरा, नरहरि पोलिक्लिनीक पोखरा १० रामबजार र एशिया ओरल एण्ड डेण्टल केयर प्रालि पोखरा ५ जिरो किमिको प्राविधिक सहयोग गरेको हो ।

lcci
You might also like

Comments are closed.