साई डेण्टल क्लिनिकमा सिटिजन्स बैंकका ग्राहकलाई २०% सम्म छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले साई डेण्टल क्लिनिकमा २०% सम्म छुट पाउने भएका छन् ।

सो छुट सेवाका लागि सिटिजन्स बैंक र पर्साको वीरगञ्जस्थित साई डेण्टल क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले साई डेण्टल क्लिनिकका सेवामा २०% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.