निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी क्लब अफ काठमाडौं हेरिटेजले निःशुल्क स्वास्थ शिविर आयोजना गरेको छ ।

केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदिहरुलाई निःशुल्क स्वास्थ जाँच गरी औषद्यीहरु वितरण गरिएको छ ।

क्लबका सदस्यहरु, रोट्रर्याक सदस्य तथा कारागारका कर्मचारीको सहयोगमा शिविर आयोजना गरिएको हो । स्त्री रोग बिशेषज्ञले सहभागी महिला कैदिलाई विभिन्न स्त्री रोगको बारेमा जानकारी गराउंँदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानी सम्बन्धी जानकारी दिएका छन् ।

रोटरी काठमाडौं मेट्रोले विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आइरहेको छ छ । रोटरी काठमाडौं हेरिटेज सामाजिक क्षेत्रमा कार्य गर्ने मनसायले हालसालै खोलिएको नयाँ रोटरी क्लब हो । यस कार्यक्रमले सेवाग्राही उत्साहित छन् ।

 

You might also like

Comments are closed.