काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालल अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेट गरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याका विषयमा छलफल गरेको छ ।
छलफलमा चौधरीले वर्तमान बजेटमा सवारी साधनमा मुल्य अभिबृद्धि कर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीले मुल्य अभिबृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए ।
नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले जेठ २१ मा मालबस्तु छुटाई लैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाँचपास गर्न नसकिने भएकाले समय थपका लागि आग्रह गरे ।
नाडाका महासचिव उपे्रतीले भन्सारसंग सम्बन्धित ७ बुँदे लिखित सुझावहरु प्रस्तुत गर्दै टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनुपर्ने माग राखेका छन् ।
नेपालमै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु उत्पादन गर्न सकिने र भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हुदा व्यवसायमा असर परिरहेको र एक्जीम कोडको नविकरण अवधि १ बर्षबाट ५ बर्ष पु¥याउने व्यवस्थाका लागि समेत आग्रह गरेका छन् ।
नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुको अनधिकृत आयात हुने गरेको र एअरपोर्ट कुरियरमार्फत नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नुपर्नेे धारणा राखे ।
नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन सुरक्षासंग सम्बन्धित भएकाmे नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने र त्यसका लागि विभागले गुणस्तर मापन गर्ने यन्त्र राख्नुपर्ने बताए ।
भन्सार विभागका महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याका विषयमा आफु जानकार रहेको र नाडाका सुझावहरु मनन् योग्य रहेको हुदा सवारी साधनमा मूल्य अभिबृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए । आउँदो असार मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनको जाँचपास गरीदिन अनुरोध गरे ।






Comments are closed.