महिलालाई आत्मनिर्भर बनाउन एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको जोड

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले महिला सदस्यलाई आत्मनिर्भर बनाउन जोड दिएको छ । महिला सदस्यको आर्थिक, सामाजिक, शैक्षिक, उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउन विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

एन आई सी एशिया तथा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड समायोजन भई विगत १० वर्षदेखि वित्तीय सेवा दिदै आएको छ । यस संस्थाले विगत देखी सञ्चालन गर्दै आएको कार्यक्रमलाई यस आर्थिक वर्ष २०८१/०८२ देखि प्रभावकारी बनाउन न्यून आय भएका महिलालाई लक्षित गरी महिला सदस्यको आर्थिक, सामाजिक, शैक्षिकका साथै उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउन विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सीप, तालिम, उद्यमशिलताको विकास तथा महिला सदस्यको व्यक्तित्व विकासका लागि देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षक छनौट गरी रोष्टर निर्माण गर्ने कार्य भइरहेको छ । सो कार्यका लागि इच्छुक व्यक्ति, संघ संस्थाले यस एन आई सी एशिया लघुवित्तको कर्पोरेट कार्यालय बनेपा तथा सबै शाखा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्था हो । सो संस्था राष्ट्रियस्तर कार्यक्षेत्र भएको छ । इटहरी नगरपालिका वडा नं ९ रजिष्टर्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रही नेपालका विभिन्न भौगालिक क्षेत्रहरु ७४ जिल्ला २८९ शाखा कार्यालय सञ्चालन गरी सेवा दिदै आएको छ ।

 

You might also like

Comments are closed.