हेम्जाका सडकमा फुलका विरुवा रोपण

पोखरा । पोखराको हेम्जा स्थित सडक डिभाइडरमा फूलका विरुवा रोपण कार्य भएको छ ।

विरुवा रोपण कार्यक्रममा वातावरण संरक्षणका अभियान्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), रामबहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारीले सहभागीता जनाएका छन् । लेकसाइडको डिभाइडरबाट लगिएका फुलका कटिङहरु रोपिएको हो ।

अहिलेसम्म एक हजार कर्बिर फुलका विरुवा रोपिसकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै एक हजार भन्दा बढी फुलका विरुवा रोप्ने तयार पारेको बताए । विरुवा रोप्नका लागि सहयोग गर्न हेम्जाबासिलाई बरालले अनुरोध गरेका छन् । कर्बिरका दुईथरी रातो र सेतो फुल्ने फुल सारेको उनले बताए ।

पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिँदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । फुल हुर्काउन निकै मेहनत गर्नुपर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा विरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियाली र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।

 

You might also like

Comments are closed.