फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

काठमाडौं । फ्रान्सको प्रसिद्ध अन्तरराष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा प्रवर्द्धनात्मक कार्यक्रम ‘पीआर इभेन्ट’ आयोजना गरेको छ । कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन गर्न हालै यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत सीईओ गेराल्डिन अर्चम्बाल्डलेले आफ्नो नयाँ उत्पादन र पर्फ्युम प्रयोगको विविध उपयोगिता र फाइदाबारे जानकारी दिएकी थिइन् । उनले आगामी अक्टुवरसम्म नयाँ उत्पादन नेरोली बोटानिका पनि बजारमा आउने जानकारी दिइन् ।

इसेन्सियल पर्फ्युमका विभिन्न उत्पादनहरू हाल बजारमा उपलब्ध छन्, जसमा दिव्य वेनिला, बोइस इम्पेरियल, रोज म्याग्नेट, फिग इन्फ्युजन, प्याचौली म्यानिया, द म्युस, मोन भेटिभर, ओरेन्ज एक्स सानटल नाइस बर्गामोट लगायत छन् ।

कार्यक्रममा नेपालका ग्राहक, सल्लाहकार लगायत सहभागी थिए । कम्पनीका डिभाइन भ्यानिला, द मस्क, बोइस इम्पेरियल, मोन भेटिभर, फिग इन्फ्युजन, प्याचौली मनिया, ओरेन्ज एक्स सान्ताल, नाइस बर्गामोट र रोज म्याग्नेटिक लगायतका उत्पादन नेपाली बजारमा छन् ।

इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव बर्तौलाका अनुसार नेपाली बजारमा इसेन्सियल पर्फ्युमको लोकप्रियता बढ्दै गइरहेको छ । इसेन्सियल पर्फ्युमको नेपालको अधिकृत विक्रेता इना सेन्टर नेपाल प्रालि हो ।

You might also like

Comments are closed.