तोलामा रु १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार २ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार ८ निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार ५ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु १८ सयमा कारोबार भएको थियो । रासस

lcci
You might also like

Comments are closed.