एक्सपेरिएन्स टोयोटा २०८१ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिङ फाईनान्स

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफ्नो टोयोटा शोरुममा एक्सपेरिएन्स टोयोटा २०८१ आयोजना गरेको छ ।

२०८१ लाई लक्षित गरी आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुबिधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहार समेत प्राप्त गर्नेछन् ।

टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुका साथै ग्राहकलाई यस प्रा.लि को विभिन्न सुबिधाको बारेमा जानकारी दिइनेछ । ग्राहकलाई यू.टि.एस संग विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको हुदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न अनुरोध समेत गरिएको छ ।

यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका लागि गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ फाईनान्सको पनि व्यवस्था गरिएको छ । टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्याङ्कन गर्ने सुवर्ण अवसर उत्सवमार्फत ल्याएको छ ।

You might also like

Comments are closed.

Secret Link