प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ६ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार ५ सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला रु १८ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु १८ सय २० मा कारोबार भएको थियो । रासस

You might also like

Comments are closed.