दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माध्यमिक विद्यालयले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले हात पारेको छ ।

भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।
उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यसैगरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगायतले पुरस्कार वितरण गरेका हुन् ।

तीन दिनसम्म चलेको प्रतियोगितामा निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीका ७२ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

 

You might also like

Comments are closed.