हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

पोखरा । हेमजा भेट्रान्स कपको तेस्रो दिनको सोमवार भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ ।

सोमवार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको ४० मिनेट किसन गौचनले र ६२ मिनेटमा बे बहादुर थापाले एक एक गोल गरे ।

सोमवार नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रा तय गर्यो । खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोलको खाता खोलेका हुन् । सोही टीमका राजकुमार गुरुङको भागमा दुई गोल पर्यो । त्यस्तै राजेश गुरुङ, विजयकुमार श्रेष्ठ,.धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बरबहादुर गुरुङले एक एक गोल गरे । पोखरा ४ का दर्याजंग रानाले सान्त्वना गोल फर्काए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५५५ साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डले जनही नगद २ र २ हजार साथमा ट्रफी प्राप्त गर्नेछन् । सोही प्रतियोगिताको क्वाटरफाईनल देखिका प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरी ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । आज पोखरा १२ र ६ बिच पहिलो खेल हुनेछ भने दोस्रो खेल पोखरा १३ र ५ बीच हुने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.